बडादसैँको चौथो दिन: टीका लगाउने क्रम आज पनि जारी

असोज २२, शनिबार २०७९

अत्तरिया – आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

Leave A Reply

Your email address will not be published.