भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु

असोज २२, शनिबार २०७९

काठमाडौं – भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् ।

यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो । आगलागी भएको बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.