मेलौली न्यूज
कार्तिक २१ सोमबार,२०७९
बैतडी–नेपालकै कान्छा साइकल यात्री भनेर चिनिने १२ बर्षीय रमित भट्ट मेलौली पुगेका छन्। गत बर्ष ११ बर्षको उमेरमा मेची महाकाली साइकल यात्रा गरेर कान्छा साइकल यात्रीको पहिचान बनाएका भट्ट बेलौरी–बैतडी धार्मिक पर्यटन साइकल यात्रा गर्दै मेलौली पुगेका हुन्।
बैतडीका धार्मिक पर्यटकीय स्थलहरुको दर्शन गर्ने र ती स्थलहरुको प्रचार प्रसारका लागि आफू साइकलमा मेलौली पुगेको भट्टले बताए । मेलौली नगरपालिका २ रौतगाउँमा जन्मेका भट्ट अहिले कञ्चनपुरको बेलौरीमा बस्दै आएका छन् ।
उनलाई मेलौलीमा आज स्वागत गरिएको लक्ष्मण बिसिले बताए । साइकल यात्री भट्टले बैतडीका बिभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम तय गरेको समेत बताए ।