कात्तिक २६, शनिबार २०७९
बैतडी – नेपाल रेडक्रुस सोसाईटी जिल्ला शाखा बैतडीकोे आयोजनामा २ दिने तथ्याङ अद्याविधक सम्बन्धी तालिम सम्पन्न भएको छ । मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका विषयगत शाखामा कार्यरत कर्मचारीहरुको सहभागीतामा शुक्रबार बैतडीको पाटनमा तालिम सम्पन्न भएको हो ।
पालिकामा भएका कामहरुको तथ्याङकलाई कसरी सुरक्षित राख्न सकिन्छ, भन्ने उद्धेश्यले तालिम दिएको नेपाल रेडक्रुस सोसाईटीका केन्द्रिय कार्यक्रम संयोजक डम्बर बहादुर विष्टले बताए ।
तालिममा २४ जना कर्मचारीहरुको उपस्थिती रहेको पश्चिम विपद् पूर्व तयारी परियोजनाका फिल्ड कोडिनेटर देवी प्याकुरेलले जानकारी दिए ।