विपद् सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न


कात्तिक २९, २०७९

बैतडी- मेलौलीमा विपद् तथा उद्धार सम्बन्धी नमुना कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
भूकम्प,जस्ता विपद्का समयमा कसरी सुरक्षित रहने र विपदमा परेका नागरिकहरूको कसरी उद्धार गर्ने भन्ने विषयमा सोमबार मेलौली नगरपालिका वडा न.७ स्थीत मणिलेक माविका जुनियर रेडक्रस सर्कल, मेलौली नगरपालिका वडा न ं८ र ९ का तालिमप्राप्त स्वयंसेवकहरु, इलाका प्रहरी कार्यालय मेलौलीका प्रतिनिधि ,विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न हो ।

भूकम्प आउँदा कसरी उद्धार गर्ने तथा सुरक्षित रहने भनेर अभ्यास गरेका हुन ।

यस्ता कार्यक्रमले स्थानीय स्तरमा विपद् आउँदा कसरी उद्धार गर्न सकिन्छ र यसको प्रक्रियाको बारेमा थाहा हुने पश्चिम विपद् पुर्व तयारी परियोजनाका फिल्ड कोर्डिनेटर देवी प्याकुरेलले बताए ।

भूकम्पको जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्षमा यस्ता कृतिम घटना अभ्यासले विद्यालयका विद्यार्थी, शिक्षक तथा साुदायका व्यक्तिहरुमा भूकम्प अघि, भूकम्पको समयमा र भूकम्प पश्चात अपनाउनु पर्ने पूर्व तयारी खोज तथा उद्धार र प्रतिकार्य गर्न मदत गर्ने उदेश्यले यो कार्यक्रमको आयोजाना गरिएको प्याकुरेलले बताए ।

उहाँले यस्ता अभ्यासले समाजमा आई पर्ने विभिन्न आपत्कालीन विपद्हरूमा उद्धार गर्न स्थानीय र विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने र यसले विपद्को क्षति पनि कम गर्ने बताउनुभयो ।
रेडक्रसले विपदका बेला राहत, प्राथमिक उपचार उद्धारमा खटिने लगायतका विषयमा जानकारी गराइएको छ।

1 Comment
  1. महादेब ओझा says

    नेपाल रेडक्रस सोसाईटी बैतडीलाई धन्यवाद । यस प्रकारका जन चेतनामूलक कार्यक्रमहरु सबै क्षेत्रमा सन्चालन गर्न गराउन हुन प्रेरणा मिलोस् ।

Leave A Reply

Your email address will not be published.