मेलौली न्यूज
कार्तिक ३० बुधबार,२०७९
बैतडी–पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसँ समन्वय गर्ने प्रधानमन्त्री एवमं नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले बताएका छन । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक बामगठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाल यस्तो बताएका हुन ।
उनले आफु बैतडीको तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको समेत बताएका हुन । साथै उनले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र भारतसँग सिमाना जोडिएको तल्लो स्वराडको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने पनि बताएका हुन ।
‘महाकालीमा झोलुङ्गे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौ उनले भनेका हुन ।
थुप्रै सम्भावना बोकेको क्षेत्र बैतडीको तल्लो स्वराड भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवँर र प्रदेश सभा (ख)मा शिवराज भट्टनै सक्षम नेत्तृत्व रहेकाले उउनिहरुलाई विजयी गराउन समेत आग्रह गरेका हुन ।