मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई हरायो

मेलौली न्यूज
मंसिर ०१ बिहीबार,२०७९

फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० गोलले हराएको छ । गएराति भएको खेलमा जर्मनीको जितमा निकालस फुल्क्रुगले खेलको ८०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै अर्को खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

Leave A Reply

Your email address will not be published.