मंसिर ३, २०७९
दार्चुला – दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटो मात्रै भएको बताइएको छ। सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाका अनुसार अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको छ। यस्तै जिल्लाको अवस्था सामान्य रहेको उनको दाबी छ।
यसअघि शनिबार बिहानै ३ बजेदेखि पुलमा बम राखिएको भनिएको थियो। त्यसपछि त्यहाँ नेपाली सेनाको टोली समेत पुगेको थियो। सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेका थिए। कुकर राखिएपछि रातिबाट सवारी बन्द रहेका थिए।
प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।