सप्तरी-२ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र यादव साढे ६ हजारभन्दा धेरै मतले पछाडि

मेलौली न्यूज
मंसिर ०६ मंगलबार,२०७९

सप्तरी-सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा चन्द्रकान्त सिके राउतको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार राउतले १३ हजार २ सय ९५ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी जसपाका उपेन्द्र यादवले ६ हजार ५ सय ७० मत पाउनु भएको छ । यादव राउतभन्दा ६ हजार सात सय २५ मतले पछि हुनुहुन्छ ।

यस्तै, लोसपाका जयप्रकाश ठाकुरले २ हजार ६ सय २ मत पाउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.