उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने नेता किमको दाबी

मेलौली न्यूज
मंसिर १२ सोमबार,२०७९

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने बताउनु भएको छ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।

नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको उहाँको भनाइ छ ।

उत्तर कोरियाले विश्वसामु विश्वकै सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य प्रदर्शन गरेको पनि किमले बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.