मेलौली-०९ का ५० घरमा पहिलो पटक विजुली बल्यो, स्थानिय खुसि

मेलौली न्यूज
मंसिर १७ शनिबार,२०७९

बैतडी–मेलौली नगरपालिका–०९ का ५० घरधुरीमा पहिलो पटक बिजुली बत्ती बलेको छ । लामो समयपछि काँकडी, कोल्तडी, जाँजर टोलको ५० घरधुरीमा पहिलो पटक बिजुली बत्ती बलेको हो ।

वर्षैदेखि टुकी र सोलारको भरमा जीवन बिताउदै आएका नागरिकको बिजुली बलेसंगै हर्सित भएका छन । पारी डडेल्धुरा जिल्ला भागेश्वर गाँउपालिका–०३ बोगटा गाउँमा बिजुली बत्ती बले पनि टुकीकै भरमा बस्दै आएका यो भेगका स्थानीयको घरसंगै मुहार उज्यालो भएको स्थानीयले बताएका छन ।

वडाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत बिद्युतको पहुच नपुगेका घरमा उज्यालो कार्यक्रम अन्तर्गत विजुली बत्ती जडान गरीएको वडा अध्यक्ष लोक राज भट्टले बताए ।अब छिट्टै अट्याल, मेलघट्ट, हलिना टोलमा पनि विद्युत् विस्तारको काम सञ्चालन हुने उनले बताए ।

बिजुलीको मिटर बक्स जडान गरीएपछि मेलौली नगरपालीका–०९ का स्थानिय प्रेम बहादुर चन्दले स्थानीय सरकार प्रति आभार व्यक्त गर्नुभयो।

बिजुली बत्ती बले संगै विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सहज भएको छ । स्थानीका अनुसार गाउँमै बिजुली आएपछि मोबाइल चार्ज, बत्ती चार्ज गर्न अरुको गाउँमा जानु नपर्ने बाध्यता पनि सकिएको छ ।

मेलौली नगरपालिकामा अहिलेसम्म केन्द्रिय विद्युत प्रसारणले नछुदाँ अन्य वडाका स्थानीय भने टुकी र सोलारकै भरमा बस्न बाध्य भएका छन ।

Leave A Reply

Your email address will not be published.