मंसिर १७, २०७९
बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की मायाको हत्या आरोपीत भरत राम कोली समाजिक सञ्जालमा सक्रिय रहेको पाइएको छ ।
हत्या आरोपीतले शुक्रबार मात्रै आफुले हत्या नगरेको भन्दै समाजिक सञ्जाल टिकटकमा शनिबार फेरी टिकटकमै एउटा सन्देश छोडेका छन् ।
उनले समाजिक सञ्जाल टिकटकमा शिवनाथमा एउटा किशोरीलाई मार्नुपर्ने उल्लेख गर्दै लेखेका छन्, ‘मैले शिवनाथकै एक फुच्चीलाई मार्नुपर्नेछ, मलाई कसैले केहि गर्न सक्दैन, म डिएसपीको मान्छे हु, मलाई कसैले केहि गर्न सक्दैन’ मान्छेलाई मारेपछि केहिदिन भाग्नैपर्यो, म बैतडीमै छु, मलाई कसैले केहि गर्न सक्दैन,’ उनले टिकटकमा लेखेका छन् ।
यसरी आरोपीत भनिएका भरतराम कोली दिन प्रतिदिनि समाजिक सञ्जालमा सक्रिय रहेको भएपनि प्रशासनीक तवरबाट उनलाई पक्राउ गर्न भने सकेको छैन ।
आरोपीतको खोजी भइरहेको र छिट्टै नियन्त्रणमा ल्याइने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।