मंसिर २४, २०७९
बैतडी -बैतडीमा भोली आइतबारदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरू हुने भएको छ।मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मैनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो ।
ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
चन्दका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै पालिकाको सहभागिता रहनेछ ।
नौं पालिका र एक आयोजकको गरि १० टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा विजेताले १ लाख २५ हजार र ट्रफी तथा उपविजेताले ७५ हजार र ट्रफी पाउनेछ ।
प्रतियोगिताका खेलहरु दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।