बैतडीमा आजदेखि मेनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
पहिलो दिनका तीन खेलमा सुर्नया गाउँपालिका र आयोजकबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २७ गते सम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा विनोद सिंह विष्टले कैद गरेका केही तस्बिरहरु:-









