कमलपुर माबिको बिद्यालय ब्यवस्थापन समिति गठन, अध्यक्षमा बिष्ट

दिपक राज दिर्घायु 
मंसिर २५ आईतबार,२०७९ 

बैतडी–मेलौली नगरपालीका–०८ कोटिगाउमा रहेको कमलपुर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । आईतबार अभिभावक भेलाको आयोजना गरि शत्रुघन सिह बिष्टको अध्यक्षतामा सर्बसम्मत नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक मन्धिर राम लुहारले बताए ।

समितिको सदस्यमा मगन सिह बिष्ट, लक्ष्मण राम लुहार, डम्बरी बिष्ट, लक्ष्मीदेबि ठगुन्ना, महेश्वरि बिष्ट, पदेन सदस्य वडा अध्यक्ष तपेन्द्र सिह बिष्ट, शिक्षक प्रतिनिधि सदस्य प्रेम बहादुर चन्द र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक मन्धिर राम लुहारलाई चयन गरिएको जनाइएको छ ।

नया बिद्यायल ब्यवस्थापन समिति गठन गरिए सगै बिद्यालयको चौतर्फि बिकासमा टेवा पुुग्ने र शैक्षिक गुणस्तर अझ बलियो हुनेमा सम्पूर्ण अभिभावक आशाबादी रहेका छन ।

Leave A Reply

Your email address will not be published.