दिपक राज दिर्घायु
मंसिर २६ सोमबार,२०७९
बैतडी–आज मेलौली नगरपालीका भरिका सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा शोक बिदा हुने भएको छ । मेलौली–०१ मा रहेको जनचेतना आधारभुत बिद्यालयमा कार्यरत शिक्षक रोशन सिह नायकको निधनमा शोक बिदा दिईएको हो ।
लामो समयदेखि शिक्षण पेसामा कार्यरत नायकको शनिबार केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ४२ बर्षको अल्पायूमा निधन भएको थियो । आईतबार नगर प्रमुख स्तरिय निर्णयाअनुसार आज मेलौली नगरपालीका भरिका सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा शोक बिदा दिने निणर्य गरिएको नगरपालीकाद्धारा जारि गरिएको सुचना मार्फत जानकारी गरिएको छ ।