बैतडीमा अन्तरपालिका भलिबल, मेलौली फाइनलमा

मेलौली न्यूज
मंसिर २८ बुधबार,२०७९

मेलौली नगरपालिका बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै मेलौलीले स्थान सुरक्षित गरेको हो ।

मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासंग खेल्नेछ ।

म्यानेजर तेज बहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गतेदेखि शुरू भएको प्रतियोगितामा १० टोलीको सहभागी रहेको थियो ।

दोगडाकेदार गाउँपालिकाबाहेक अन्य नौ पालिका र एक आयोजकको टोलीले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार सहित ट्रफी, द्धितिय पुरस्कार ७५ हजार सहित ट्रफी प्रदान गरिने ट्रष्टका सचिव विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।

विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.