बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौलीलाई

मेलौली न्यूज 
मंसिर २८ बुधबार,२०७९ 

बैतडी-बैतडीमा सञ्चालन भएको तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । फाइनल खेलमा दनपालाई पाखा लगाउँदै मेलौलीले जित हात पारेको हो । मेलौली ३–१ ले खेल जित हात पारेको हो । मेलौली पाटनलाई हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधि जितेसंगै मेलौलीले १ लाख २५ हजार नगद र ट्रफी हात पारेको छ । यस्तै दशरथचन्द नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । उसले नगद ७५ हजार सहित ट्रफी हात पारेको छ ।

मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि दशरथचन्द खेल मैदान सुन्दरखालीमा प्रतियोगिता सञ्चालन भएको थियो ।

Leave A Reply

Your email address will not be published.