मेलौली–०१ मा मातृशिशु तथा बाल्यकालिन पोषण सम्बन्धि समिक्षा बैठक सम्पन्न

दिपक राज दिर्घायु 
पुस ०४ सोमबार,२०७९ 

बैतडी–मेलौली नगरपालीका–०१मा मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धि एक दिने पुनर्ताजगी समिक्षा बैठक सम्पन्न भएको छ । सामाजिक बिकास सचेतना समाज स्वदेश बैतडीद्धारा सञ्चालीत सुआहाराको आयोजनामा सोमबार आधारभुत स्वास्थ्य सेवा केन्द्र हरिचनमा समिक्षा बैठक सम्पन्न भएको हो।

मेलौली नगरपालीका–०१ सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंम सेबीकाहरुलाई मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धिका बारेमा जानकारी गराईएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख सिता बिष्टले जानकारी दिनुभयो ।

पोषण सहजकर्ता जन्तरा भट्टले पुनर्ताजगी समिक्षा बैठकमा कुपोषणबाट बच्ने उपाय, ब्यक्तिगत सरसफाई, शिशुको बृद्धि बिकासमा आमाको दुधको महत्व, बच्चाको पाखुराको जाच लगायत मौसम अनुसार शिशुको सुरक्षा कसरि गर्ने बिषयमा जानकारी दिनु भएको थियो।

Leave A Reply

Your email address will not be published.