शारदा निमाबिको ५१ औँ बार्षिकोत्सव सम्पन्न, बिद्यालयको आयब्य प्रस्तुत

दिपक राज दिर्घायु
पुस ०५ मंगलबार,२०७९

बैतडी-मेलौली नगरपालीका–०१ रडमामा रहेका शारदा निम्न माध्यमिक बिद्यालयको ५१ औँ बार्षिकोत्सव एवम अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ। मंगलबार मेलौली नगर–कार्यपालीका सदस्य धर्मसिह दयालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बिद्यालयले बर्ष भरि गरेका कामको समिक्षा एवम बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक शिबदत्त ओझाले आर्थिक बर्ष २०७८ श्रावणदेखि २०७९ आषाढ सम्मको आय ४७ लाख २२ हजार ४१६, ब्यय ४२ लाख ८४ हजार ९६ र मौजात ४ लाख ३८ हजार ३२ रुपैयाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम मार्फत बिद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्था तथा समस्याका बारेमा सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराईको थियो। यसैगरि पुर्ब बिद्यालय ब्यवस्थापन समिति सदस्य स्वर्गिय सुजान राम लुहारका छोरा धनबिर दयाल, पुर्ब बिद्यालय ब्यवस्थापन समिति सदस्य धौलराम लुहारकि धर्मपत्नि भागरथी लुहार, पुर्ब बिद्यालय ब्यवस्थापन समिति सदस्य गंगाराम लुहार र पुर्ब बिद्यालयका प्रधानाध्यापक गंगादत्त ओझालाई बिद्यालयले सम्मान समेत गरेको छ ।

साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सास्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.