बैतडीमा शिक्षक मृत्यु प्रकरण :बिहानैदेखी दशरथचन्द राजमार्ग अवरुद्ध

नगर क्षेत्रभित्रका सबै विद्यालय आज पनि बन्द

पुस ६, २०७९

बैतडी- बैतडीका शिक्षक धनबहादुर बिष्ट प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै आन्दोलन चर्किएको छ । हिजो ९मंगलबार० गठन गरिएको संघर्ष समितीले बुधबार बिहानै देखी दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

कृष्ण माध्यामिक विद्यालय पाटन ६ मा लामो समयदेखी अध्यापन गराउदै आएका शिक्षक बिष्ट पौष २ गते मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले सत्यतथ्य छानविनको माग गर्दै शव बुझेका छैन्न । संघर्ष समितीले पनि बिष्ट मृत्यु नभइ हत्या भएको भन्दै चाडो भन्दा चाडो चोषी पत्ता लगाउन आग्रह गरेको छ । संघर्ष समितीको आन्दोलनका कार्यक्रमअनुसार आज पनि नगरक्षेत्रभित्रका विद्यालय बन्द रहनेछन् । यस्तै नगरक्षेत्रभित्रका सबै बजारहरु पनि बन्द रहेकाछन् । मंगलबार पनि विद्यालय बन्द थिए ।

घटनाका बिषयमा सुक्ष्म हिसाबले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीले समेत काम गरिरहेको छ । मंगलबार पुगेको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मंगलबार ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.