विद्यार्थीलाई स्वीटर वितरण

पुस ६, २०७९
बैतडी — बैतडीको पञ्चेश्वर गाउँपालिका —४ को एक आधारभुत विद्यालयका बालबालिकालाई न्यानो कपडा(स्वीटर) वितरण गरेका छन ।
पञ्चेश्वर गाउँपालिका वडा न.—४ स्थीत रायपुर आधारधुत विद्यालयले सो विद्यालयमा अध्ययनरत १६० जना बालबालिकालाई स्वीटर,टाई र बेल्ट वितरण गरेका हुन ।

जाडोमा विशेष गरि बालबालिका प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरि न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यपक भरत बहादुर चन्दले बताए । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने पनि चन्दले बताए । जाडो मौसममा स्वीटर पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.