बैतडी: दशरथचन्द नगरपालिका ७ को आयोजनामा प्रथम वडाअध्यक्ष कप पु्रुष भलिबल प्रतियोगिता हुने

पुस १०, २०७९
बेतडी – बैतडीको दशरथचन्द नगरपालिका ७ को आयोजनामा प्रथम वडाअध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडाको आयोजनामा यही पौष १२ गतेदेखी कैलपालेश्वर माध्यामिक विद्यालयको खेलमैदान एैँचेकाँडामा प्रथम वडाअध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।

राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित युवाहरुको खेलप्रतिको रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको वडाअध्यक्ष हरीदत्त बडुले बताए ।

खेलमा प्रथम हुने टिमले २० हजार नगद सहित शिल्ड मेडल प्राप्त गर्नेछ । द्धितिय र तृतिय हुने टिमले क्रमश १५ हजार , १० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्नेछन्। यस्तै सान्त्वना हुने टिमले रु ५ हजार नगद प्राप्त गर्ने वडाकार्यालयले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडी , बेष्ट स्पाइकर , सटेर , ब्लकर , डिफेन्डर र सर्वरलाई नगद पुरस्कार सहित कप मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । खेल यहि पौष १२ गते देखी १४ गते सम्म सञ्चालन हुनेछ । 

Leave A Reply

Your email address will not be published.