पुस १०, २०७९
बैततडी- जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना भाइरसको जोखिम फेरी बढ्न सक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।आइबतार एक विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिरहेकाले नेपालमा पनि यसको जोखीम रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ । यस्तै सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, सेनेटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरिएको हो । बैतडी पनि भारतसंग सीमाना जोडिएको जिल्ला भएकाले कोरोनाको जोखिमबाट बच्न स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ ।
झुलाघाट हेल्थ डेस्कमा भारतबाट आउने नागरीकहरुको कोरोना परिक्षण भैरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्ने ब्यक्तिहरुको कोरोना परिक्षणसंगै खोप लगाए नलाएको एकिन गर्ने काम पनि भैरहेको स्वास्थय कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । खोप नलगाएका ब्यक्तिहरुको कोरोना परिक्षणको काम भैरहेको उनले जानकारी दिए । कोभीड –१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाहरुले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।
