पुस १७, २०७९
बैतडी – पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडम्यान्टीन प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा आनन्द सिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ भने, राज बहादुर बोहरा र प्रकाश बिस्टको टिम दोश्रो भएको छ ।
यसैगरी दिनेश ठगुन्ना र चन्द्र सिंह डोबालको टिम तृतिय हुदाँ अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरुष्कार प्राप्त गरेकाछन् ।
प्रतियोगीतामा प्रथम हुनेलाई रु १५हजार ट्रफी, मेडल र प्रमाणपत्र दोश्रो हुनेलाई नगद १०हजार मेडल र प्रमाणपत्र तथा तेश्रो र सान्त्वना हुने टिमलाई नगद रु ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
खेलकूद बिकास समितिका दशरथचन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी दशरथचन्द नगरपालिकाका मेयर पुुष्कर राज जोशी ९लख्खाभाई० रहेका थिए भने विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी रहेका थिए ।
उक्त कार्यक्रममा ७ जना राष्ट्रीय खेलाडीहरुलाई सम्मान गरिएको छ । सम्मान गरिनेमा सरप ठगुन्ना, दौलत खत्री, जनक राज भट्ट, लक्ष्मी राज भट्ट, गोबर्धन राना,चन्द्र सिंह ठगुन्ना र राज ब बोहरा रहेकाछन् । उनिहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो ।