अनिवार्य कारोना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद

मेलौली न्यूज 
पुस २० बुधबार,२०७९ 

चीनले आफ्नो देशका यात्रुलाई अनिवार्य कोरोना परीक्षण तथा आगमनमा प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाएको छ ।

अरु केही देशले कोरोना परीक्षणलाई आधार बनाएर यात्रुको आगमनमा प्रतिबन्ध लगाउन गरेको निर्णय राजनीतिक रुपमा पूर्वाग्रही रहेको चीन सरकारले जनाएको छ । अमेरिका, भारत र बेलायतसहित केही देशले चीनबाट आउने यात्रुका हकमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने नियम लागू गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले महामारी नियन्त्रणका नाममा अन्यथा गर्ने र राजनीतिक उद्देश्यका लागि कदम चाल्ने प्रयासको चीनले विरोध गर्ने तथा जवाफी कदम चाल्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

कोरोनासम्बन्धी विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग बेइजिङको मतभेद देखिएको यो पहिलो पटक भने होइन। कोरोनासम्बन्धी प्रतिबन्धात्मक नियम खुकुलो पारेपछि चीनमा अहिले कोरोनाभाइरस सङ्क्रमण बढ्दो छ। विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनलाई सङ्क्रमणको वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.