रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

मेलौली न्यूज 
पुस २० बुधबार,२०७९ 

साउदी अरेबियाको फुटबल क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ। घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।

रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो सन् २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् ।

३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै केहि दिन अघि अल नसर पुगेका हुन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो ।

पाँच पटकको बालेन डीओर विजेता रोनाल्डोले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस्तै रियल मड्रिड र युभेन्ट्सबाट पनि खेलेका थिए । म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो क्लबविहीन थिए ।

Leave A Reply

Your email address will not be published.