पुस २२, २०७९
बैतडी : शहिद दिवसको उपलक्ष्यमा बैतडीको दशरथचन्द नगरपालिकाले महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा नगरस्तरीय महिला क्रिकेट महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो ।
माघ पहिलो हप्ताबाट शुरु हुने प्रतियोगिताका ११ वटै वडाको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा टोली सहभागिताका लागि सबै वडाहरुलाई जानकारी गराइएको छ । सहभागी हुन इच्छुक खेलाडीलाई तयारीका लागि सजिलोको लागि सबै वडाहरुलाई पत्र पठाएको हो ।
प्रतियोगिताको पुरस्कार, मिति र खेल सञ्चालनको स्थान केही दिनमा तोकिने चन्दको भनाई छ ।
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको दशरथचन्द नगरपालिकाले केहि दिन अगाडी ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको थियो । निकट भविष्यमै नगरस्तरीय पुरुष क्रिकेट, नगरस्तरीय महिला÷पुरुष भलिबल र राष्ट्रपति रनिङ शिल्ड गर्ने योजना रहेको जनाएको छ ।
खेलकुदको विकास र खेलाडी उत्पादन,क्षमता अभिवृद्धिका लागि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी ‘लख्खाभाई’ले बताउनुभयो ।
विनोद सिंह विष्ट