बैतडीको पाटन र मेलौलीमा नगरस्तरीय खेलकुद विकास समिति गठन्

पुस २५, २०७९

बैतडी – बैतडीको पाटन नगरपालिका र मेलौली नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेका छन् । पाटन नगरपालिकाले रमेश बोहराको अध्यक्षमा खेलकुद विकास समिति गठन गरेको छ । सदस्यमा किरन चन्द, दिपा ठगुन्ना र सान्ती बिष्ट सदस्य रहेका छन् । यसैगरी मेलौली नगरपालिकामा शंकर भण्डारीको संयोजकत्वमा खेलकुद विकास समिति गठन गरिएको छ ।

मेलौली नगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिको सदस्यमा मान बहादुर चन्द, दुरा भट्ट र दिपक नायक सदस्य रहेका छन् । दुवै नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी सिफारिस गरिएको आधारमा जिल्ला खेलकुद विकास समितिले मनोनित गरीसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए ।

खेलकुद विकास समितिले नगरपालिकामा खेलकुदका कार्यक्रम तथा गतिबिधि सञ्चालन गर्ने गरेको छ ।
 

Leave A Reply

Your email address will not be published.