मनकारी जाेशी:जन्मदिनकाे फजुल खर्च कटाएर शैक्षिक सामग्री वितरण

बैतडी -जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण गरीएको छ । मेलौली नगरपालिका बैतडीका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले आफ्नो जन्मदिनको अवसर पारी मेलौली नगरपालिका वडा नम्बर -०४ स्थीत विजयपुर माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

विहिबार एक कार्यक्रमको आयोजना गरि सो बिधालयमा अध्ययनरत ३५० जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
उनले फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा आफनो सानो उमेर देखी नै सकारात्मक काममा आफनो लगानी लगाउन शिक्षा मिलोस् भनेर शैक्षिक सामग्री वितरण गरीएको बताएका छन् ।

जन्म दिनको अवसरमा अनावश्यक खर्च गरेर मनाउनु राम्रो सन्देश नभएको भन्दै सामाजिक कार्यमा खर्च गर्न सकारात्मक सन्देश भएको जोशीले बताएका छन् ।

बुबा शकर दत्त जोशी र आमा देवकी जोशीका कान्छा सुपुत्र जगदीश जोशीले २९ औं जन्मोत्सवको अवसरमा विद्यार्थीको शैक्षिक उन्नतिको लागि जन्मदिन मनाउने खर्च कटाएको बताए । साथै उनले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे

उक्त विद्यालयका प्रधानाध्यापक ले जन्मदिनको अवसरमा अत्यन्तै उदाहरणीय काम गरेकोमा जोशीलाई धन्यवाद दिनुका साथै जन्म दिनको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दले विद्यालयले शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गर्दै जन्मदिनको शुभकामना साथै धन्यवाद व्यक्त गरेका छन् । पहुँचभन्दा बाहिर रहेका विद्यालयहरुलाई सबैले यस्तै सहयोग गरेमा सबैलाई पहुँचमा ल्याउन सकिने समेत उनले बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा मेलौली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क बहादुर चन्द , वडा नम्बर ९ का वडा अध्यक्ष लोक राज भट्ट , शिक्षा शाखाका प्रा.स रोहित भट!काे पनि उपस्थिती रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.