रमेश भण्डारी आँसुका ४ मुक्तक


रेडियो मेलौली
अषाढ ५ शनिबार,२०७८

मलाई गाउंकै त्यो हरियाली बाटो मन पर्छ ।
मै सग रमाई रमाई खेलिदिने माटो मन पर्छ ।।
पिज्जा,बर्गर,म म,चाउमिन हैन मेरि आमा ।
तिमिले बनाको साग संगको आटो मन पर्छ ।।

आज आफ्नै प्रेममा सानो विवाद आएछ ।
कसरि भन्नु यो कथा मनमा पर्लाद आएछ ।।
चोकमा एउटाको पहिलो प्रेम भङ्ग हुँदाखेरि ।
मेरि पृयसिलाई आफ्नो विगत याद आएछ ।।

किन आउँन्छ होला यो मरिजाने चोला ।
सबैसङ्ग माया ममता छरिजाने चोला ।।
सम्झना रुदारुँदै दिनरात बिताउने भयो ।
यो धर्तिमा चिना जानी भरिजाने चोला ।।

फेरिएछ दिनदिन सरकार फेरिरहन्छ पार्टि ।
स्वार्थित्वले देशको बजेट घेरिरहन्छ पार्टि ।।
देशका हुनहार युवाजति बिदेश उड्दा खेरि ।
घर जमिनको कर बढाउन हेरिरहन्छ पार्टि ।।

रमेश भण्डारी आँसु
मेलौली बैतडी

Leave A Reply

Your email address will not be published.