दिपक राज दिर्घायु
माघ ०२ सोमबार,२०७९
बैतडी-आठौ मंकर संक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एसएसपि क्लबको टिम खलिगाडले हात पारेको छ। सोमबार भएको फाईनल खेलमा मेलौली–०५ खलिगाडको टिम एसएसपि क्लब प्रतियोगिताको बिजेता बनेको हो।
माहारुद्र स्पोर्ट क्लब मेलौली नगरपालीका–०५ द्धारा आयोजित प्रतियोगिता पुस २९ गतेबाट सञ्चालन भएको थियो। प्रतियोगिताको दोस्रो स्थान असिम केदार युवा क्लब दशरथचन्द नगरपालीका–०७ सुर्खाल र तेस्रो स्थान रोडिदेबल युवा क्लब पञ्चेश्वरले जितेको हो ।
खेलको उपाधि जित्ने असिम एसएसपि क्लबले २४ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरि द्रोस्रो हुने असिम केदार युवा क्लबले १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने रोडिदेबल युवा क्लब पञ्चेश्वरले ८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
साथै खेलमा सहभागि टिमहरु मध्ये एसएसपि क्लबका गणेश साउद खेलकै उत्कृष्ट खेलाडि छनोट भएका छन। यस्तै खेलबाट असिम केदारका रोशन बहादुर चन्द बेष्ट स्पाईकर, बेष्ट लिप्टरमा एसएसपि टिमका प्रकास चन्दं, बेष्ट डिफेन्स रोडिदेबल युवा क्लबका जितेन्द्र भण्डारी र बेष्ट ब्लकरमा असिम केदार युवा क्लबका लोकेन्द्र बहादुर चन्द छनोट भएका छन।
छनोट भएका खेलाडीहरुलाई प्रमाण पत्रका साथ सम्मान गरिएको वडा सदस्य एब् बरिष्ट सल्लाहाकार प्रेम बहादुर चन्दँले बताए। प्रतियोगिताका सम्पूर्ण बिजयी खेलाडी टिमहरुलाई एक समारोहका बिच सम्मान सहित पुरस्कार बितरण गरिएको थियो।
समापन कार्यक्रमका सभाध्यक्ष आयोजक माहारुद्र स्पोर्ट क्लबका अध्यक्ष राजबहादुर चन्दँ रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि मेलौली नगरपालीका–०५ क वडा अध्यक्ष भरत सिह पुजारा, बिशिष्ट अतिथिमा दुर्गा माबिका प्रधानाध्यापक पदम राज जोशि रहेका थिए।
स्थानिय स्तरबाट खेलाडीहरुलाई उत्पादन गरि अन्तराट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ माहारुद्र स्पोर्ट क्लबले प्रतियोगितको आयोजना गरेको वडा सदस्य एब् बरिष्ट सल्लाहाकार चन्दँले बताए।