दिपक राज दिर्घायु
माघ ०७ शनिबार,२०७९
बैतडी-मेलौली नगरपालीका-०८ कोटिगाउ बसन्तपुर लेकका गौरब राम लुहारको खुट्टाको उपचारको लागि प्राप्त रकम हस्तातरण गरिएको छ। रोजगारिको लागि हाल कोरियामा रहनु भएको मेलौली नगरपालीका- ०८ कै मदन सिह बिष्टले दश हजार नेपाली सहयोग सहयोग गर्नु भएको थियो।
बुधबार लुहारकि आमा जानकि लुहारलाई सामुदायिक रेडियो मेलौलीको कार्यालयमा स्टेशन म्यानेजर लक्ष्मण बिसिद्धारा सहयोग रकम हस्तातरण गरिएको हो। सहयोग गर्ने सहयोगिदातालाई लुहारकि आमाले धन्यबाद ज्ञापन गर्नुभएको छ।
तिन महिना अगाढी घर नजिकै रहेको कान्लाबाट लडेर लुहारको खुट्टामा गहिरो चोट लागेको थियो। आर्थिक अभावले खुट्टाको राम्रोसगं उपचार गराउन सकेका थिएन।
सहयोग गर्ने बिष्टले आगामि चुनाबको लागि केहि दिन आगढी उम्मेदवारी घोषणा गर्नु भएको छ। समाजिक सञ्जाल फेसबुक मार्फत बिष्टले आगामि २०८४ सालमा हुने स्थानिय तहको चुनाबमा वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन।
हाल रोजगारिका लागि कोरियामा रहेका बिष्टले आफ्नो गाउ आफै बनाउ भन्दै आफ्ना गाउका जनताहरुको सेवा गर्ने र अवस्था परिबर्तन गर्ने हेतुले स्वतन्त्र उम्मेदवारि दिने बताएका हुन।
उनले आफ्ना चुनाबि एजेण्डा स्वास्थ्य, शिक्षा, सडक निमार्ण, बिद्युत, खानेपानि, सञ्चारको गुणात्मक गुणस्तर बिकास गर्ने रहने उल्लेख गरेका छन।
उनले आफु निर्बाचित भएपछि प्रत्येक टोलमा सुबिधा सम्पन्न सुत्केरि घर र सुत्केरि स्याहारको लागि १५ हजार दिने, दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागि ५१ हजार दिने, प्रत्येक ६ महिनामा जनताको घरदैलोमै स्वास्थ्यक्रर्मि लगि स्वास्थ्य चेकजाच गरि समस्या भएकाहरुको निःशुल्क उपचार गर्ने, गरिबलाई कृया खर्च बाफत १३ हजार आफुले पाउने सेवा सुबिधाबाट खर्च गर्ने बताएका छन।
उनि कृषि र पशु सम्बन्धिको आफै प्राबिधिक भएकाले निःशुल्क ज्ञानसिप दिने तथा जातिय भेदभाव जरैदेखि उखेल्ने समेत बताएका छन।
यदि आफुले उल्लेख गरेका प्रतिबद्धताहरु कार्यान्वयन नगरेको खण्डमा जनताबाट सहजै जुत्ताको माला ग्रहण गर्न तयार रहने बताएका छन।