बैतडी- बैतडीको पाटन नगरपालिका ७ का दुई अपेहेलित गाउँको नाम परिवर्तन गरिएको छ । पाटन ७ को ‘ढुङ्ग’को नाम परिवर्तन गरी ‘नागढुंगा’ र ढिमराको नाम परिवर्तन गरि ‘ढुंगेधारा’ राखिएको छ । आज पनि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा सहित सम्बन्धित टोलका स्थानीयहरुको सहभागितामा गाउँको नाम परिवर्तन गरिएको स्थानीय एवम् शिक्षक जनक पार्कीले जानकारी दिए ।
पाटन नगरपालिकाले केहि समयदेखि अपहेलित गाउँको नाम परिवर्तन गरिरहेको छ ।नगरपालिकाले जातियता र भेगिय रुपमा अपहेलना हुनेखालका गाउँ तथा टोलहरुको नाम परिवर्तन गर्ने अभियान नै चलाएको छ ।