स्वालेक पिपल्लेक सामुदायिक बनको २६ औं साधारण सभा सम्पन्न

बैतडी-  बैतडीको पाटन नगरपालिका वडा न ७ मा रहेका स्वालेक पिपल्लेक सामुदायिक बनको २६ औं साधारण सभा सम्पन्न भएको छ । जेष्ठ नागरिक गोरख बहादुर चन्दको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।
सो साधारण सभामा समुहका सह—सचिव भान सिंह पेलाले समुहकोे आ.ब २०७९।०८० को झण्डै १३ लाख ७१ हजार ३ सय उन्नतिस रुपैंया बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ ।साथै सो सभाबाट लोकेन्द्र बहादुर चन्द अध्यक्ष रहने गरी १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको शिक्षक जनक पार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.