बैतडी : पालिका स्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता फागुन ५ गते भित्र गरिसक्नु पर्ने

बैतडीका स्थानिय तहरुलाई पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ५ गते भित्र गरिसक्नुपर्ने भएको छ । जिल्लाका सबै स्थानिय तहरुलाई पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गरीसक्न भनिएको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन भण्डारीले जानकारी दिए । फागुन १० गते देखी १२ गते सम्म १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता मेलौली खेल मैदानमा हुने भएकाले पालिकाहरुले ५ गते भित्र गरिसक्नुपर्ने उनले बताए ।
सुदूरपश्चिम खेलकुद परिषद निमावली २०७७ को नियम ७ अनुसार प्रत्येक स्थानिय तहले स्थानिय खेलकुद समिति गठन प्रकिया अगाढी बढाउन समेत आग्रह  गरिएको छ । जिल्लाका पाटन र मेलौली नगरपालिकाले बाहेक अन्य स्थानीय तहहरुले खेलकुद विकास समिति गठन गरेका छैनन्।

Leave A Reply

Your email address will not be published.