बैतडी अस्पतालमा बालरोग विषेशज्ञ सेवा नियमित

बैतडी -जिल्ला अस्पताल बैतडीमा बाल रोग विशेषज्ञ डाक्टरले नियमित सेवा सुरु गरेका छन् । माघ ९ गतेदेखि अस्पतालमा बाल रोग विशेषज्ञ डाक्टरले नियमित सेवा दिन सुरु गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्दसिंह डोबालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बालरोग विशेषज्ञ डाक्टर रिषि काफले अस्पतालमा हाजिर भएपछि विशेषज्ञ सेवा सुरु गरिएको छ । विशेषज्ञ डाक्टर आएपछि बालबालिकाहरुले उपचार पाइराखेका छन् ।’ विशेषज्ञ डाक्टरको अभावमा सेवा लिन डडेल्धुरा, धनगढी लगायतका ठाउँमा जानु पर्ने बाध्यता थियो हटेको छ।

बाल रोग विशेषज्ञ सहितको स्वास्थ्य सेवा सुरु भइसकेकाले अब बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्टले बताउनुभयो । यस्तै जिल्ला अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा पनि सञ्चालनको प्रकृयामा रहेको छ ।

केहि दिनमा विशेषज्ञ डाक्टर आइपुग्ने र त्यसपछि नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा सुरु हुने उनले बताए । जिल्ला अस्पातलमा अहिले हाडजोर्नीको अप्रेशन हुनुका साथै हर्नीया, हाइड्रोसिलको समेत अप्रेशन हुने गरेको छ ।

यस्तै जटीलतायुक्त प्रसुती सेवा पनि जिल्ला अस्पतालमा उपलब्ध रहेका छन् । जसबाट बिरामीहरुलाई उपचारका लागि सहज भएको छ । समान्य उपचारका लागि अन्यत्र जानु पर्ने यहाँका नागरिकहरुको बाध्यता अन्त्य भएको छ ।

जिल्ला अस्पतालमा बिशेषज्ञ सहितको सेवा सञ्चालनमा रहेकाले पहिलाको तुलनामा बिरामीहरुको संख्या पनि बढ्दै गएको अस्पताल स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.