७ बुदे माग सहित स्वयंम सेबिकाद्धारा मेलौली नगरपालीकालाई ज्ञापनपत्र


दिपक राज दिर्घायु
अषाढ ०८ मगंलबार,२०७८

बैतडी–मेलौली नगरपालीकालाई आफ्ना ७ बुदे माग राख्दै महिला स्वास्थ्य स्वंयंम सेबिकाहरुले ज्ञापनपत्र बुझाएका छन। सोमबार नगरपालीकाको कार्यालयमा आफ्ना मागहरु सम्बोदन गरिदिन भन्दै ३२ जना स्वंयंम सेबिकाहरुको हस्ताक्षर सहित नगरपालीकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।

बिभिन्न किसिमका सरुवा रोग, स्वास्थ्य सचेतनाका कार्यक्रमको सेवा प्रवाह गर्ने र कोरोना माहामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर काम गरेको उचित मुल्याङकन गरिदिन भन्दै नगरपालीकालाई ज्ञापन बुझाएको मेलौली नगरपालीका–०१ कि स्वास्थ्य स्वयंम सेबिका गिता नायकले.बताईन ।

महिला स्वास्थ्य स्वयंम सेबिकाहरुले आफुहरुको निःशुल्क कोरोना बिमा हुनुपर्ने, स्वयम सेबिका हरुलाई प्रोत्साहन भत्ता र उचित सेवा सुबिधा दिनुपर्ने, अस्पतालमा स्वयंम सेबिका कक्षको ब्यवस्था हुनुपर्ने, नियमित तालीम तथा क्षमता बिकास कार्यक्रमको ब्यवस्था हुनुपर्ने, नियमित कार्य मुल्याङकन, आवश्यक स्वास्थ्य सामग्रीको ब्यवस्था हुनुपर्ने, पोषण, गर्भवति, सुत्केरी स्याहार, किशोर किशोरी मैत्रि तथा बालबालीका सम्बन्धि कार्यक्रम सञ्चालन गरि स्वयम सेबिका सगं समुन्वय गरिनु पर्ने लगायतका मागहरु गरेको स्वयंम सेबिका नायकले बताईन ।

नगरपालीकालाई ज्ञापन पत्र बुझाई सकेपछि कोरोना कहरका बेला आफ्नो ज्यानै जोखिममा राखेर काम गरेको उच्च मुल्याङकन गर्दै प्रत्येक स्वयंम सेबिकाहरुलाई प्रोत्साहन भत्ता स्वरुप पाच पाच हजार रुपैया दिने घोषाण गरेको मेलौली नगरपालीका–०१ कि स्वयंम सेबिका सिता बिष्टले बताईन।
कोरोना कहरका बेला महत्वपूर्ण भुमिका खेलेको भन्दै अबिर खादा सहित पाच पाच हजार रुपया प्रत्येक स्वयम सेबिकाहरुलाई प्रदान गरिएको थियो ।

महिला स्वास्थ्य स्वयंम सेबिकाहरुले खेलेको भुमिकाको उच्च मुल्याङक गरिने र यस आर्थिक बर्षको बजेटमा पनि स्वयम सेबिकाहरुको लागी बजेट राख्ने अनि उनिहरुलाई लाभ हुने र खुसि पार्ने काम गर्ने मेलौली नगरपालीकाका उप–प्रमुख राधा ओझाले बताउनु भयो ।

अहिले समुदायमा स्वास्थ्यको अवस्था सुधार गर्नमा महिलाहरुको निकै नै ठुलो भुमिका रहेको छ। स्थानिय सरकारको क्षमता र अवस्था हेरेर निर्णय गर्ने, उनिहरुको माग सम्बोदन गर्ने दायित्व नगरपालीकाको हातमा हुने भएकाले जायज मागहरुलाई पुरा गरिने स्वास्थ्य संयोजक नारायण बहादुर चन्दले बताए ।

ज्ञापनपत्र

Leave A Reply

Your email address will not be published.