सुदूरपश्चिममा बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक

कैलाली -सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो।

जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो।’कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबारे गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ, गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइए कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ।
दिनेश खवर

Leave A Reply

Your email address will not be published.