कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी -कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीबाट ३२ ग्राम लागुऔषधसहित ४० वर्षीय विजय मल्ल पक्राउ परेका हुन्। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का मल्ललाई लम्की प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लम्कीको समूहले उनको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको हो। कैलाली प्रहरीका अनुसार मल्ललाई लम्कीचुहा नगरपालिका वडा नम्बर १ राजीपुरस्थित लम्की–टीकापुर सडक खण्डबाट पक्राउ गरिएको हो। प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर बरामद गरिएको कैलाली प्रहरीले बताएको छ। मल्लमाथि लागु औषध मुद्दामा अनुसन्धान थालिएको छ।
दिनेश खवर

Leave A Reply

Your email address will not be published.