बैतडीमा चरेशसहित एक जना पक्राउ

बैतडी- बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ त्रिपुराको पुजारागाउँबाट लागु औषध चरेशसहित एक व्यापारी पक्राउ परेका हुन् । खुद्रा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय नारायण सिंह थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता योगेश खत्रीले जानकारी दिए । उनको पसल र घरमा खानतलासी गर्दा चरेश भेटिएको प्रहरीले बताएको छ । २ सय ८० ग्राम चरेस सहित थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comments are closed.