बैतडी- बैतडीको पाटन नगरपालिका १ मा अबैध मदिरा बिक्रि वितरण भइरहेको गुनासो बढेपछि वडा कार्यालयले चासो देखाएको छ । अबैध रुपमा भइरहने मदिरा बिक्रि वितरणले समाजिक सद्भाव खल्बलीने कार्य भइरहको भन्दै गुनासो बढेपछि वडा कार्यालयले उक्त कार्य ७ दिनभित्र रोक्न सूचना प्रकाशित गरेको छ ।
७ दिनभित्र अबैध रुपमा मदिरा बिक्रि वितरण गर्ने कार्य नरोकिएमा वडा कार्यालयबाट प्रदान गरिने सेवासुबिधा रोक्नुका साथै समाजिक बहिस्कार गर्ने चेतावनी समेत दिइएको छ । अबैधरुपमा मदिरा बेचबिखन, ओसार पसार तथा सवन गर्नेहरुलाई पनि यो अभियानमा सरिक भइदिन अनुरोध गरिएको छ ।