दिपक राज दिर्घायु
अषाढ ०८ मगंलबार,२०७८
बैतडी–सुर्नया नदिमा नुहाउने क्रममा आज एक बालीका बेपत्ता भएकि छिन। पाटन नगरपालीका–०१ सकारका धनिराम बिककि ११ बर्षिया छोरी नितु बिक बेपत्ता भएकि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
साथिहरु सगं नुहाउने क्रममा पाटन नगरपालीका–०१ बागसेराको सुर्नया गाडमा मगंलबार दिउसो २ बजेतिर बेपत्ता भएकि हुन। अहिले अस्थाई प्रहरी पोष्ट सलेनाको टोली र स्थानियहरु खोजि कार्यमा जुटेका छन।