पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको निर्देशिका सार्बजनिक

दिपक राज दिर्घायु 
माघ १९ बिहीबार,२०७९ 

बैतडी-मेलौलीमा यहि माघ २० गतेबाट सञ्चालन हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन निर्देशिका सार्बजनिक गरिएको छ। प्रतियोगिता सञ्चालन सम्बन्धमा सोमबार बसेको नगरस्तरीय बैठकले प्रतियोगिताको निर्देशिका सार्बजनिक गरिएको शिक्षा अधिकृत मनु क्षेत्रिद्धारा हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको छ।

प्रतियोगिताको उद्घाटन माघ २० गते शुक्रबार बिहान १० बजे मेलौली भगवति मन्दिरको प्राङ्गणमा हुने जनाईएको छ। सहभागि हुने खेलाडिको खाना, खाजा, पोसाक र सुरक्षाको जिम्मेवारि सम्बन्धित बिद्यालयले गर्ने जनाईएको छ।

सहभागि बिद्यालयले आफ्ना खेलाडिहरुलाई उच्च अनुशासनमा राख्नु पर्ने, खेलाडिहरुले खेलको नियम उल्लङ्न गरेमा वा कुनै बिबाद उत्पन्न भएमा प्रतियोगिता सञ्चालनको लागि तोकिएका प्राबिधिकहरुको निणर्य निणार्यक हुने पनि जानकारी गराईएको छ।

यसैगरि प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिले प्रतियोगिताको ब्यवस्थापन तथा अनुगमन गरेर आवश्यक निणर्य गर्ने समेत सुचना मार्फत जनाईएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!