मेलौलीमा रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

बैतडी -स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मेलौली नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । मेलौली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष शंंकर भण्डारी (सागर) को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्द रहनु भएको थियो ।

प्रमुख अतिथि चन्दले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र विद्यार्थीहरुको लुकेर रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा नगरपालिका नगर उपप्रमुख पार्वती बोहोरा विष्ट निवर्तमान नगरप्रमुख कृष्ण सिंह नायक प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशी ,विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारी, जिल्ला खेलकुद विकास समितिकाका कार्यालय प्रमुख तर्कराज जोशी विशिष्ट रहनु भएको थियो । अतिथि विद्यालय प्र.अ हरू, शिक्षक प्रतिनिधि, सबै विद्यालयहरुबाट उल्लेख्य सहभागिता का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो ।

आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौड छात्रछात्रा एक सय, २ सय, ४ सय,१५ सय मिटरका खेल खेलाईने प्रशिक्षक हरी भणडारीले बताए ।
मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रसाद जोशीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख मुनु क्षेत्रीले गर्नु भएको थियो । प्रतियोगिता फागुन २३ गते सम्म सञ्चालन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.