गायक परियारको गजल गित “तस्बिर पठाए हुन्छ” सार्बजनिक

दिपक राज दिर्घायु 
माघ २६ बिहीबार,२०७९ 

बैतडी-मेलौलीका गायक सुरेश परियारको गजल गित “तस्बिर पठाए हुन्छ” सार्बजनिक भएको छ। स्वर्गिय गोपाल राम परियारको लय रहेको गजल गित भिडियो सहित बुधबार सार्बजनिक भएको हो।

गितमा सुरेश परियारको स्वर रहेको छ। परियारलाई नारायण ढङ्गाल, सारदा सराईली र प्रेमदिप रायमाझीले स्वरमा साथ दिएका छन।

गायक गोपाल दयालले म्युजिक प्लस रेकडिङ स्टुडियोमा रेकर्ड गरेको गितलाई नारायण डङ्गोलले एरेन्ज गरेका हुन भने प्रेमदिप रायमाझील ईडिट गरेका हुन।

आरुसि मगर र लिलराज बानियाको अभिनय रहेको गितको निर्देशन मिलन श्र्रेष्ठले गरेको गायक परियारले बताएका छन। रोशन धितालले सम्पादन गरेको भिडियो गोपाल दयाल, सुरेश परियार र मेलौली प्रोडक्सन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।

गित तथा भिडियोलाई माया गरिदिन गायक परियारले सबैमा आग्रह गरेका छन।

भिडियो हेर्न तलका लिङ्कहरुलाई क्लीक गर्नुहोला।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!