बैतडीको शिबनाथमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दिपक राज दिर्घायु 
माघ २७ शुक्रबार,२०७९ 

बैतडी-शिबनाथमा गाउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सञ्चालन भएको छ। गाउपालिका अध्यक्ष कर्णसिह साउदको अध्यक्षता, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष चमन कुमार भण्डारीको प्रमुख आतिथ्यमा र गाउपालिका उपाध्यक्ष सकुन्तोला साउदको बिशिष्ट आतिथ्यमा उद्घाटन भई प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुने जनाईएको छ। प्रतियोगितामा पालिका भरिका ७ बिद्यालयहरुको सहभागिता रहेको सहकर्मि मंगेश दयालले बताए ।

प्रतियोगितमा छात्र छात्राको भलिबल हुने जनाईएको छ। यसैगरि दौड (ट्रयाक) १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४१०० मिटर रिले र ४४०० मिटर रिले दौड हुने छ। प्रतियोगितमा हाईजम्प, लङ्गजम्प, ज्याभलिङ्ग थ्रो ८०० ग्राम छात्र र ६०० ग्राम छात्रा, सर्टपुट १२ पाउण्ड छात्र ८ पाउण्ड छात्राको गरिने छ।

सहभागि बिद्यालयले आफ्ना खेलाडिहरुलाई उच्च अनुशासनमा राख्नु पर्ने, खेलाडिहरुले खेलको नियम उल्लङ्न गरेमा वा कुनै बिबाद उत्पन्न भएमा प्रतियोगिता सञ्चालनको लागि तोकिएका प्राबिधिकहरुको निणर्य नै निणार्यक हुने पनि जानकारी गराईएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!