मेलौली–०८ कोटिगाउको एक घरमा आगलागि हुदा करिब ८७ हजार बराबरको क्षति

बैतडी-मेलौली नगपालीका–०८ कोटिगाउ गौरि हल्दोडाका कृष्ण सिह बिष्टको घरमा आगलागि भएको छ। बिहीबार राति करिब ८ बजेतिर घरभित्र आगलागि भएको स्थानिय दिपेन्द्र सिह सुतारले बताए।

खाना खाई सुत्ने बेलामा चुलोबाट अचानक आगो सल्की आगलागि भएको उनले बताए। आगलागि बाट करिब ८७ हजार बराबरको क्षति भएको छ। आगो स्थानियहरुले सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा लिन सकिएको उनले बताए।

आगलागि हुदा घरमा भित्र भएका लुगा कपडा, एकथान सोलार, ५ हजार नगद, २ क्वीन्टल मकै, १ क्वीन्टल धान, ७५ किलो गहु लगायत घरभित्र भएका सबै समान जलेर नष्ट भएको वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।

पिडित परिवारलाई वडाबाट र नगरपालीकाबाट राहातको लागि पहल गर्ने वडा अध्यक्ष बिष्टले बताए। साथै नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गर्ने जानकारी आएको उनले बताए।

आगलागि र क्षतिको बारेमा ईलाका प्रहरी कार्यालय मेलौलीलाई खबर गरेपछि प्रहरीको टोली शुक्रबार घटनास्थल गएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आफ्नो क्षेत्रबाट हुने सहयोगको लागि पहल गरिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!