केदार आधारभुत विद्यालयको ६२ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी-पञ्चेश्वर गाउँपालिका–०४ पोखरा लेकमा रहेको केदार आधारभुत विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमका बिच ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भएको हो।

कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक हिराराम ओड्ले ४८ लाख २३ हजार ३६ रुपैयाको आयब्यय प्रस्तुत गरेका थिए।

कार्यक्रम मार्फत बिद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्था तथा समस्याका बारेमा सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराईको थियो।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द र बिशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष विना भट्ट रहनु भएको थियो।

साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सास्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!