बैतडी-पञ्चेश्वर गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि हुने भएको छ। पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार देखी सुरु हुन लागेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख महामल सिंह घटालले बताए।
फागुन २, ३ र ४ गते सम्म गाउँपालिकाको वडा नं ३ स्थित कुलाउँ माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने शिक्षा अधिकृत घटालले जानकारी दिए।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिवल, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, दौड ट्रयाक तर्फ छात्र १०० मि,२०० मि, ४०० मि,८०० मि, १५०० मि, ३००० मि, ४–१०० मि रिले, दौड समाबेस गरिएको शिक्षा अधिकृत घटालले बताए।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अन्र्तगतका ९ वटै सम्पूर्ण सामुदायिक विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने राष्ट्रपति रनिङ शिल्ड संयोजक पदम बहादुर चन्दले बताए।
प्रतियोगिताको तयारी पुरा भएको खेल प्रशिक्षक हरी सिंह भण्डारीले बताए।